नुवाकोट अझै कोरोनाको उच्च जोखिममा

विदुर खबर २०७८ असार २ गते २१:१२

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमण नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा डेढ महिनाभन्दा बढी हुँदा पनि कोरोना संक्रमण गाउँगाउँमा फैलिएको छ ।

Advertisement

पछिल्लो एकसातामा कोरोना संक्रमितको संख्या निको हुनेको तुलनामा अझै बढीरहेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

एकसय ५३ जनाको पिसिआर परिक्षण गर्दा ३९ जना संक्रमित थपिएका हुन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ७६ पुगेको छ ।
आज भेटिएका संक्रमितमध्ये २६ जना विदुर नगरपालिकाका, ६ जना दुप्चेश्वर गाउँपालिकाका, २ जना तादी गाउँपालिकाका र बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र पन्चकन्या गाउँपालिकामा समान एक÷एक जना संक्रमित थपिएका छन् ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ९९ सय पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ९ सय ८९ जना होम आइसोलेसनमा, ६४ जना आइसोलेसन सेन्टरमा र ४१ जना अस्पतालमा उपचार गरिरहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ५ सय ४४ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

नुवाकोटमा हालसम्म १८ हजार ५ सय ३४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया