विदुर नगरपालिकाद्धारा निशुली अस्पताललाई आर्थिक सहयोग
नुवाकोट । विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई सातलाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।
बुधबार हेफर ईन्टरनेसनल नेपालमार्फत फाेकस नेपाल धादिङ र सहायता सामाजिक उद्यमी महिला सहकारीबाट नगरपालिकाको काेभिड-१९ नियन्त्रण र व्यवस्थापनकाे लागि विदुर नगरपालिकालाई उक्त रकम हस्तान्तरण गरिएको फाेकस नेपालका कार्यक्रम संयाेजक हेमराज छत्कुल्लीले जानकारी दिए ।
नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुन आएको रकम मेयर सञ्जु पण्डितले त्रिशुली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई संयुक्त हस्तान्तरण गरेका हुन् ।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले काेभिड नियन्त्रण, व्यवस्थापन र उपचारकाे लागि अस्पतालले अत्यन्त राम्राे भुमिका खेलेकाे हुदाँ नगरपालिकालाई अन्य संघसंस्थावाट प्राप्त रकम मात्र नभई आफ्नै आन्तरिक स्रोतबाट पनि सहयोग गर्दै आईरहेको बताए ।
डबली खबरबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया