‘राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रण लगाऔँ : अर्जुननरसिंह केसी
नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताउनुभएको छ ।
सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी नागरिककोृ जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताउनुभएको हो ।
राजनीति पछि पनि गर्न सकिने भन्दै उहाँले पहिले जीवन बचाउन सरकारको ध्यानाकर्षण गराउनु.भयो । उहाँले भन्नुभयो, ‘हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर ।’
उहाँले थप्नुभयो, ‘पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौं । राजनीति भोलि गरौँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रविन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।’
त्यसक्रममा, नेता केसीले यसोदादेवी–भगवान सिंह केसी मेमोरियल ट्रस्टको तर्फबाट नुवाकोटका बेलकोटगढी नगरपालिकाका विभिन्न वडा, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिकालगायत पालिका र वडाहरुका लागि एक/एकवटा अक्सिजन कन्सन्ट्रेटरसहित मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।
उक्त ट्रस्टका तर्फबाट नेता केसीले नुवाकोटका विभिन्न स्थानमा यसअघि पनि थुप्रैं पटक स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया