विदुर युथक्लबद्धारा स्वास्थ्य सामाग्री वितरण
नुवाकोट । विदुर नगरपालिका वडा नं १३ मा रहेको विदुर १३ युथ क्लवले वडाको विभिन्न स्वास्थ्य चौकीहरु र समुदायमा कोरोना संक्रमणको नियन्त्रण र उपचारमा आवश्यक स्वास्थ्यसामग्रीहरु वितरण गरेको छ ।
विदुर १३ युथ क्लवले वडाको कल्याणपुर स्वास्थ चौकी र आमंथाङ स्वास्थ चौकि लाई १ लाख १५ हजार बराबरको स्वस्थ्य सामग्री वितरण गरेको क्लवले जानकारी दिएको छ ।
साथै कल्वले वडा भित्रका विपन्न परिवार, एकल, वृद्ध विरामीहरुलाई पनि आवश्यक खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । कोरोना संक्रमणको पहिलो महामारीमा पनि विदुर १३ युथको सक्रियतामा ३ सय घर परिवारलाई खाद्यान्न , विद्याथीहरु लाई शैक्षिक सामाग्री ,जेष्ठनागरीकहरुलाई न्यानो कपडा वितरण गरेको विदुर १३ युथ क्लवले जनाएको छ ।
महामारीको समयमा र विभिन्न अरु समयमा पनि समुदाय स्तरमा आर्थिक र सामाजिक सहयोग गर्दै आएको विदुर युथ क्लवको नेतृत्व प्रवासमा रहेर रोहित गुरुङले गरिरहेका छन् ।
हाल प्रवासमा रहेका रोहित गुरुङले आफ्नो नेतृत्वमा विदुर नगरपालिका वडा नं १३ मा महामारीको नियन्त्रणमा स्वास्थ्य सामाग्रीको उपलब्ध गराइएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया