पन्चकन्या गाउँपालिका बृद्धभत्ता प्रकरण : छानविन गर्न सामान्य प्रसाशनको टोली गाउँपालिकामा
विदुर खबर
२०७८ जेठ ३१ गते २१:५४

नुवाकोट । नुवाकोटमा गत वर्ष चैत्र २४ गते पन्चकन्या गाउँपालिका वडा नम्बर २ कार्यलयवाट सामाजिक सुरक्षाको लागि ल्याईएको ५३ लाख हराएको विषय यतिवेला देशभर भाइरल बनेको छ ।
वडा कार्यालयबाट सामाजिक सुरक्षाको रकम चोरी भएको तीन महिना बित्दा समेत अझै घटनो दोषी गाउँपालिकाले पत्ता लगाउन नसकेपछि यतिवेला केन्द्रिय सरकारका कर्मचारी नै गाउँपालिका धाउन थालेका छन् ।
गाउँपालिकामा सामाजिक सुरक्षावापतको रकम चोरि भएको घट्नाको बिषयमा छानविन गर्न आज सामान्य प्रशाशन मन्त्रालयवाट उपसचिव मदन कोईरालाको नेत्तृत्वमा एक टोली गाउँपालिका आइपुगेको हो ।
उनीहरुले आज गाउँपालिका र वडा कार्लयमा छलफल गरि घटनाको विषयमा गाउँपालिका अध्यक्ष रमेश लामा लगायतसँग छलफल गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया