नुवाकोटमा जनप्रतिनिधिको मिलेमतोमा ठेकेदारको लुट, मुकदर्शक प्रशासन मौन

विदुर खबर २०७८ जेठ २९ गते २०:५४

नुवाकोट । प्राकृतिक स्रोतको अवैध दोहनगर्ने गरी खोला तथा नदीमा डोजर लगाएर बालुवा, रोडा, ढुंगा निकाल्न पाइँदैन ।

Advertisement

तर नुवाकोटका नदी तथा खोलामा अवैध दोहन भईरहेको छ। बालुवा तस्कर र क्रसर व्यवसायीले नदी तथा खोला दोहन गरी नदीको धार नै परिवर्तन गरेका छन् । कतिपय ठाउँमा खोला तथा नदीनै नै भासिदा नजीकका बस्तीनै जोखिममा परेको छ ।

गतवर्ष जस्तै यस वर्ष पनि विदुर नगरपालिका वडा नम्ब। ५, बेलकोटगढी नगरपालिका वडा नमबर १२ लगायतका स्थानमा धमाधम नदि उत्खनन् भैरहेको छ ।

Advertisement

मापदण्ड विपरीत डोजरसहितका हेवी यन्त्र प्रयोग गर्दै अवैध दोहन हुँदै आएको छ । नदी र खोलामा पछिल्ला दिनहरुमा डोजर, स्काभेटरले नदि जन्यपदार्थ निकाल्ने टिपर र ट्र्याक्टरले ओसारेको दृश्य देख्न सकिन्छ । मापदण्ड र वातावरणिय प्रभाव मूल्याङ्कन विनानै उत्खनन हुँदा आसपासका स्थनामा जोखिम देदा परेको छ ।

राष्ट्रिय गौरवका आयोजना र विकास निर्माणका काम सञ्चालन गर्न नदिजन्य पदार्थको आवश्यकता पर्दछ । स्थानीय सरकारले ठेक्का प्रक्रियाबाट नदिजन्यपदार्थ निकासीको लागि अनुमति दिने गरेपनि तस्करहरुले खोला दोहन तिव्र बनाएका छन् ।

Advertisement

जेठ मसान्तसम्म नदिजन्य पदार्थ उत्खलन गर्न पाईने हुँदा समय सकिन लाग्दा चरम दोहनबढ्दै गएको हो । विदुर नगरपालिका वडा नम्बर ५ लगायतका स्थानमा दुई दर्जन बढी डोजर र स्काभेटरले ढुंगा, गिट्टी र बालुवा नियमित निकाल्ने गरेका छन । नगरपालिकाले भने उत्खलनको लागि अनुमति दिएका स्थानहरुमा अनुगमन गरेको दाबी गरेको छ ।

 

प्रतिक्रिया