नुवाकोटमा ३ हजारले कोरोनालाई जिते

विदुर खबर २०७८ जेठ २७ गते १५:००

नुवाकोट । नुवाकोटमा तीनहजार भन्दा बढी कोरोनजा संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६९ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार ५९ पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार एकसय ८३ पुगेको छ ।

Advertisement

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ९५ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ९ सय ८५ जना होम आइसोलेसनमा, ६३ जना आइसोलेसन सेन्टरमा र ३८ जना अस्पतालमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

आज भेटिएका संक्रमितमध्ये २३ जना तारकेश्वर गाउँपालिकाका, २२ जना विदुर नगरपालिकाका र १३ जना बेलकोगढी नगरपालिकाका रहेका छन् । यस्तै शिवपुरी गाउँपालिकामा ४ जना, किप्पाङ गाउँपालिकामा ३ जना, म्यागङ गाउँपालिकामा २ जना, पन्चकन्या र लिख् गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा हालसम्म १७ हजार जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया