नुवाकोटमा ६२ देखि ६४ उमेर समुहको लागि भोलिदेखि कोभिड-१९ खोप दिईने

विदुर खबर २०७८ जेठ २५ गते १४:२५

नुवाकोट ।  नुवाकोटमा ६२ देखि ६४ उमेर समुहको लागि कोभिड-१९ खोप दिइने भएको छ ।

Advertisement

जेठ २६ र २७ गते सबै स्थानीय तहका वार्डहरुमा खोप दिइन लागिएको हो ।

केन्द्र सरकारको परिपत्र अनुसार स्थानीय तहमा उपलब्ध ४२ सय थान खोप नुवाकोटका सबै १२ स्थानीय तहका वडा स्वास्थ चौकि मार्फत जनसंख्याका आधारमा समानुपातिक तरिकाले दिइने भएको छ ।

Advertisement

जसमा लिखु, शिवपुरी, सुर्यगढी ,किस्पाङ र पञ्चकन्यामा २६ गते र ककनी ,म्यागङ, दुप्चेश्वर, तादी, बेलकोटगढी, बिदुर र लिखुमा २७ गते दिईने भएको छ

प्रतिक्रिया