नुवाकोटमा रगत संकलन अभियान शुरु

विदुर खबर २०७८ जेठ २२ गते २१:५३

नुवाकोट । जिल्लामा पटक पटक रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत संकलन गर्ने अभियान थालिएको छ ।

Advertisement

देशभर रगतको चरम अभाव भईरहेको अवस्थालाई मध्यनजर गर्दै नुवाकोटमा रगत व्यवस्थापनमा क्रियाशिल संस्था ब्लड अन रिक्वेस्ट नुवाकोटको आयोजना तथा दाह्री ग्याङ नुवाकोट , विदुर नगरपालिका वडा नं ७ तुप्चेको श्री जन जागृती युवा क्लवको सहआयोजना आज नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा रगत अभाव हुँन नदिन तथा आवश्यक परेका बेलामा रगत दान गर्ने उदेश्यले उक्त अभियानको सुरुवात गरेको ब्लड अन रिक्वेस्ट नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।

Advertisement

रत्तदान कार्यक्रममा २९ जना रक्तदाताहरुले स्वत ः स्फुर्त रुपमा उपस्थिति भई रक्तदान गरेका थिए । कार्यक्रममा रत्तदान गर्ने रक्तदाताहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ ।

यसअघि गतसाता पनि रत्तदान कार्यक्म गरि संकलन गरिएको प्लाज्मा र रगत नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र भक्तपुर पठाईएको छ । यस्तै आज संकलन गरिएको रगत पनि भक्तपुर नै पठाईने बताइएको छ ।

Advertisement

विभिन्न सामाजिक कार्यमा क्रियाशिल यस संस्थावाट कोभिड १९ महामारीमा परेका वृद्व ,अशक्त ,फरक क्षमता भयका नागरिक ,एक महिला , अभिभावक गुमाएका वालवालिका लागायत सुकुम्वासी ,भुमिहिन नागरिकलाई खाध्यान्नको अभाव नहोस् भनी विभिन्न स्थानमा राहत सहयोग पनि भईरहेको र आगामी दिनमा पनि राहत ,रगत ,अक्सिजन लगायतको सहज व्यवस्थापन गर्न आफुहरु लागी परिरहने संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया