नुवाकोटमा सक्रिय कोरोना संक्रमित घट्दै
विदुर खबर
२०७८ जेठ २१ गते ११:५३

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
पछिल्लो एकसातायता जिल्लामा कोरोनाको परिक्षण कमी आएसँगै जिल्लामा कोरोना संक्रमित र संक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५२ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ५९ पुगेको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ५ सय ४३ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय २८ पुगेको छ ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया