आशा लघुवित्तद्धारा प्रहरीलाई सेनिटाईजर, पन्जा र मास्क सहयोग
विदुर खबर
२०७८ जेठ १९ गते २२:१०

नुवाकोट । आशा लघुवित्त वित्तीय संस्था देविघाट शाखाले प्रहरी चौकी देविघाटलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै संस्थाले मास्क, फेस शिल्ड तथा सेनिटाइजर सहयोग गरेको हो ।
संस्थाका देविघाट शाखा प्रमुख सिता धमला तथा कर्मचारी माधव रिजालले बुधवार देविघाटमा पुगेर प्रहरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
ड्युटिमा खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामाग्री अत्यावश्यक भएकोमा सहयोग गरेको आशा लघुवित्त वित्तीय संस्थाका देविघाट शाखा प्रमुख सिता धमलाले जानकारी दिइन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया