त्रिशुली अस्पतालको कानुनी सल्लाहकारमा पुडासैनी नियुक्त

विदुर खबर २०७८ जेठ १८ गते २१:४६

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको कानुनी सल्लाहकारमा अधिवक्ता गोकर्ण पुडासैनी नियुक्त भएका छन् ।

Advertisement

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले मातहतको त्रिशुली अस्पतालको कानुनी सल्लाहकारमा पुडासैनीलाई नियुक्त गरेको हो । लामो समयदेखि सामाजिक काममा लाग्दै आएका पुडासैनी केहि समयदेखि जर्सी ओभरसिज एण्ड ह्याण्डिक्याप इन्टरनेशनलको आर्थिक सहयोगमा अपांग मानव अधिकारमञ्चको साझेदारीमा समन्वय गरी त्रिशुली अस्पतालमा विभिन्न सहयोग पुर्याउँदै आएका थिए ।

उक्त अपांग मञ्चले सञ्चालन गरेको कोभिड प्रतिकार्य परियोजनाका कार्यक्रम अधिकृत समेत रहेका अधिवक्ता पुडासैनीले महामारीका बेला अस्पतालमा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग उपलब्ध गराएका थिए ।

Advertisement

करिब १ दशकदेखि कानुन व्यवसायीमा लागेका र हाल जिल्ला अदालत नुवाकोटमा कानुन व्यवसायीको काम गर्दै आएका छन् । आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक तरिकाले निर्वाह गर्ने र महामारीका बेला स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलको साथ काम गर्न सदैव हौसला दिने अधिवक्ता पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया