विदुर नगरपालिकामा २३ जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ १४ गते १३:५६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा २३ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमध्ये ११ पुरुष र १२ महिला रहेका छन् । यससँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या एकहजार ४ सय ३३ पुगेको छ ।
नगरपालिकामा हालसम्म २ सय ९६ जना होम आइसोलेसनान उपचार गरिरहेका छन् ।
हालसम्म विदुर नगरपालिकामा २ हजार ६ सय २७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया