नुवाकोटको तारकेश्वरमा कोरोनाका विरामीलाई घरघरमा पुगेर माक्स,सेनिटाइजर, र भिटामिन दिँदै रामकाजी
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का स्थानिय युवा रामकाजी थापाले कोरोना महामारीको समयमा पनि कोरोना संक्रमितको घरघरमा पुगेर विरामीलाई माक्स, सेनिटाईजर,भिटामिन, थर्माेमिटर र अक्सिमिटर वितरण गरेका छन् ।
उनले गाउँपालिकाका ६ वट्टै वडामा कोरोना पोजेटिभ भएकाहरुको घरमा तथा स्थानिय सरकारले निर्माण गरेको आइसोलेसनमा पुगेर औषधी र स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । उनले आफ्नै ज्यानलाई जोखिममा पारेर स्थानिय सरकारले गर्नुपर्ने काम आफै गदै हिँडेर गाउँपालिकामा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्री विरतण गरेका हुन् ।
उनले गाउँमा कोरोना संक्रमित घटाउन सहयोग गर्ने उदेश्यले ज्यानको बाजी थापेर गाउँगाउँमा पुगी स्वास्थ्य सामाग्री वितरण गरेको बताएका हुन् । उनले कोरोना संक्रमितका लागि डाक्टरहरुले दिने गरेको भिटानमिन बि, भिटानमिन सि, भिटानमिन डि, जिन चक्की, माक्स, अक्सिमिटर र सेनिटाइजर बोकेर घरघरमा पुगेका हुन् ।

आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितलाई औषधि वितरण गर्दै रामकाजी थापा ।
उनलाई सो कार्यमा सहयोग गर्न चन्द्रप्रसाद सापकोटा,केशव थापा पनि संक्रसमतको घरघरमा पुगेका थिए । उनलाई सहयोग गर्न तारकेश्वर गाउँपालिकाले स्वास्थ्यकर्मी समेत पठाएर सहजीकरण गरिदिएको थियो ।
आफ्नै घरमा औषधी र स्वास्थ्यर्मी आएपछि संक्रमितहरु समेत खुशी भएका छन् । मानिसहरु एकले अर्काेलाई छुन र नजिक आउन डराइरहेको अवस्थामा थापाको टोली घरघरमा औषधी र स्वास्थ्यकर्मीसहित आइपुगेपछि आफुहरुको आत्मवल बढेको एक स्थानिय एक कोरोना संक्रमितले बताए ।
कोरोना संक्रमितको लागि घरघरमा स्वास्थ्यकर्मी र औषधी लैजाने काममा गाउँपालिकाले यातायातको व्यवस्था मिलाएर सहजीकरण गरेको थापाले बताए । गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले आफु चढ्ने गरेको स्र्कपियो थापाको लागि २ दिन दिएका थिए ।
गाउँपालिकामा रहेका कोरोना संक्रमितवाहेक एकसयभन्दा बढी मानिसहरु यो कार्यक्रमबाट लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
थापालाई औषधी र स्वास्थ्य सामाग्री वितरण गर्न लक्ष्मी फाउन्डेसनले सहयोग गरेको थियो । थापाले गत वर्षपनि लकडाउनको समयमा गाउँका दलित तथा असहाय व्यक्तिका लागि खाद्यान्न सहयोग गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया