नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

विदुर खबर २०७८ जेठ १३ गते १५:५७

नुवाकोट । नुवाकोटमा कोरोनाको संक्रिय संक्रमितको संख्या ११ सय नाघेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बिहिबार जिल्लामा एकसय ५८ जना कोरोना संक्रमितको संख्या थपिएसँगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ११ सय नाघेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय ८५ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ८ सय ७८ पुगेको छ । हालसम्म नुवाकोटमा १३ हजार ७ सय ५६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कोरोना संक्रमणबाट नुवाकोटमा हालसम्म २१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया