नुवाकोटमा आज थपिए ८४ जना संक्रमित

विदुर खबर २०७८ जेठ १० गते १४:२२

नुवाकोट । नुवाकोटमा आज ८४ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा एकसय ७१ जनाको पिसिआर परिक्षण गर्दा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ४५ पुगेको छ ।

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ८९ पुगेको कार्यालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ७ सय ४८ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
नुवाकोटमा हालसम्म १३ हजार २ सय ५८ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तारकेश्वर गाउँपालिकामा १९ जना संक्रमित भेटिँदा विदुर नगरपालिकामा १४ पुरुष र ४ महिलामा संक्रमण देखिएको कार्यालयको भनाइ रहेको छ । यस्तै सुर्यगढी गाउँपालिकामा १५ जनामा, पन्चकन्या गाउँपालिकामा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

यस्तै किस्पाङ गाउँपालिकामा ७ जना,बेलकोटगढी नगरपालिकामा ५ जना, शिवपुरी गाउँपालिकामा ४ जना र म्यागङ गाउँपालिकामा दुइृ जना संक्रमित थपिएको कार्यालयका सु्चना अधिकारी खनालले जानकारी दिए ।

नुवाकोटमा कोरोना संक्रमित बढेको भन्दै जिल्ला प्रशासनले जिल्लामा निषेधाज्ञा घोषणा गरेपनि नुवाकोटमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेका छ ।

प्रतिक्रिया