कङ्गोमा ज्वालामुखी विस्फोट, ज्यान जोगाउन हजारौँ नागरिक रुवान्डा पुगे
नुवाकोट । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अधिकारीहरूले ज्वालामुखी विस्फोट हुँदा फैलिएको लाप्काको असर गोमा सहर नजिकसम्म आइपुगको बताएका छन् ।
लाप्काका कारण कङ्गोको पूर्वमा रहेको सहर गोमाको उत्तरमा केही घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ज्यान बचाउनका लागि भाग्ने क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको कङ्गोका अधिकारीहरूले बताएका छन् । सहरको पूर्वमा रहेको विमानस्थल नजिक पुगेर लाप्का बग्ने क्रम रोकिएको बताइएको छ ।
२० लाख जनसङ्ख्या रहेको गोमा सहरबाट झन्डै १० किलोमिटरको दुरीमा ज्वालामुखी विस्फोट भएको हो । शनिवार माउन्ट निरागोन्गोमा ज्वालामुखी विस्फोट भएको थियो र त्यसबाट टनका टन लाप्का निस्किएर आसपास फैलिएको थियो ।
ज्वालामुखी विस्फोटपछि मानिसहरू आफ्नो सामान लिएर सडकमा भागेका देख्न सकिन्थ्यो । लाप्काबाट बच्न हजारौँ नागरिक छिमेकी देश रुवान्डातर्फ गएको र केही नागरिक सहरको पश्चिमी क्षेत्रतर्फ भागेको अधिकारीहरूले बताएका छ ।
ज्वालामुखी विस्फोटपछि झन्डै तीन हजार नागरिक सीमा पार गरेर रुवान्डा आएको त्यहाँका अधिकारीहरूले बताएका छन् । भागेर आएका नागरिकका लागि अस्थायी रूपमा विद्यालय र धार्मिक भवनमा व्यवस्था गरिएको रुवान्डाको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि सन् २००२ मा पनि कङ्गोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यस बेला दुई सय ५० जनाको ज्यान गएको थियो भने हजारौँ घर नष्ट भएका थिए र एक लाख २० हजार नागरिक घरविहीन भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया