नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

विदुर खबर २०७८ जेठ ९ गते १५:१४

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लामा एकसय जनामा कोरोना संक्रमित भेटिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार १२ पुगेको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । जल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ७ सय ३२ पुगेको छ ।

प्रतिक्रिया