बेलकोटगढी नगरपालिकामा १२ जना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ ८ गते २१:०४

नुवाकोट । नुवाकोटका बेलकोटगढी नगरपालिमा आज थप १२ कोरोना संक्रमित थपिएका छन् ।
त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा आज १५ जनामा गरिएको पिसिआर परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै ३ जनाको पिसिआर रिर्पार्ट नेगेटिभ आएको अस्पतालले बताएको छ ।
यससँगै बेलकोटगढी नगरपालिकामा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।
Advertisement
नगरपालिकामा हाल ८५ जना होम आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया