चुनावमा जाँदा कांग्रेसलाई फाईदा

विदुर खबर २०७८ जेठ ८ गते १७:४४

वर्तमान सन्दर्भमा नेपाली काङ्ग्रेसलाई चुनाबमा जानु असाध्यै फाइदा जनक रहेको देखिन्छ ।

Advertisement

ठुला कम्युनिष्ट पार्टीहरु ३ चिरा परेको र तराईमा समेत मधेसवादी दलहरु एकापसमा लडाई गरि फुटाएर छुट्ने तरखरमा रहेको अवस्थामा कांग्रेसलाई तत्काल अदालती मुद्दा मामिला गरेर कथम्काल बन्न सक्ने टालाटुली बटुलि सरकार बनाउनेतर्फ भन्दा पनि आगामी चुनावको तयारी गर्नु नै सबैभन्दा बुद्धिमानी देखिन्छ। अहिलेका आन्दोलनका लागि उक्साउने कम्युनिष्ट नामका सहयात्री भनाउँदा दलहरु पनि प्रतिस्पर्धी नै हुन् भन्ने नबिर्सी कांग्रेसले भित्रभित्रै चुनावी वातावरण बनाउनु नै हितकर हुनेछ ।
सरकारलाई चुनावको निमित्त दबाब सिर्जना गर्दै कुनै पनि राजनीतिक दलसँग तालमेल नगरी सम्पूर्ण क्षेत्रमा आफ्नै उम्मेदवार उठाउनु उपयुक्त हुनेछ यस अवस्थामा नेपाली कांग्रेसले सबैभन्दा ठूलो मात्र होइन स्पष्ट बहुमतले विजयी हुनेछ ।

कम्युनिस्ट प्रति जनताको ठूलो आक्रोश रहेको छ कारण भर्खरै गएको चुनावमा पाएको झन्डै दुईतिहाइ बहुमत समेत कम्युनिष्टले उपयोग गर्न नसकेको, पद र पैसाकोलागी एउटाले अर्कोलाई सिध्याउने रणनीति, महामारीमा समेत आफ्नो पद कुर्सी र पैसाको लागि जनतालाई खेलौना बराबर बनाई यस्तो महामारीमा समेत कहिले आन्दोलनको नाममा कहिले समर्थनको नाममा पटक पटक जनतालाई धोका दिएको बिर्सिएका छैनन ्।

Advertisement

साथै ३ चिरा परेका कम्युनिस्टहरु एक अर्कामा हराउने रणनीतिले उनीहरु आफू जित्न भन्दा पनि अर्को कम्युनिष्ट हराउनमा खुसी हुने कारणले यो समयको राम्रो सदुपयोग कांग्रेसले गर्न जान्नु नै बुद्धिमानी देख्दछु ।

यदि अदालतमा गएर कथम् संसद पुनर्स्थापना अदालतले गरिदियो भने पनि तत्काल बहुमत कांग्रेसको पक्षमा नपुग्ने अवस्था देखिन्छ किनकि नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्ना विद्रोही सांसदहरुलाई कारबाही गर्ने त्यसैगरी समाजवादी जनता पार्टीले समेत आफ्ना विद्रोही सांसदहरुलाई बहुमतको आधारमा संसदीय दलबाट कारबाही गर्ने कारणले गर्दा कांग्रेसकोको पक्षमा बहुमत नपुग्ने र फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने सम्भावना रहेको कारणले गर्दा तत्काल पुनर्स्थापना भन्दापनि चुनावको वातावरण सुनिश्चिताको लागि चाहिँ सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दबाब सिर्जना गर्नु नै हितकर हुनेछ ।

Advertisement

कथम् काल संसद पुनर्स्थापना भयो र कांग्रेसले आफ्नो सरकार बनाउन सक्यो भने पनि जनताका अपेक्षाहरु सोचे अनुकुल पुरा गर्न नसक्ने कारण सरकारमा हुने दलको जनमत घट्न गई बहुमत पु¥याउन मुस्किल हुन्छ ।

आफ्नै पार्टी भित्र पदको भागबन्डाको कारण पार्टीमा विद्रोह गर्ने अवसरबादिले काङ्ग्रेस पार्टीलाई सधैंभरी दरो साथ दिन्छ भन्ने कुनै भ्रम नपाली,कारण आफ्नो घर जलाउन सक्नेले अर्काको घर त जतिसुकै बेला जलाई दिन पनि सक्छ भन्ने कुरा कहिले बिर्सनुहुँदैन ।

त्यसमाथि कम्युनिष्टहरु स्वार्थ मिल्नेबित्तिकै फेरि एक आपसमा मिल्न पनि सक्छन् भन्ने कुरा हेक्का राख्नुपर्ने हुन्छ जस्तो कि अस्ति भर्खर माधव नेपाल समूह राजीनामा गर्न छोडेर केपी ओलीसँग मिल्न पुगिसकेका थिए तेहाँ उनीहरुको बीचमा कुरो मिलेन र पुनः काँग्रेसको शरणमा आईपुगेका छन्। तर यसो भन्दैमा उनीहरुलाई बिच फेरि एकै ठाउँमा मिल्न जाने अवस्था भने कांग्रेसले सिर्जना नगरिकनै आ–आफ्नो पक्षमा चुनावी जनमत सिर्जना गर्नुपर्ने हुन्छ। त्यसको लागि केही कुरा उनीहरूको माने झैं पनि कांग्रेसले गरिदिनु पर्ने हुन सक्दछ ।

अहिलेको वास्तविक अवस्था मा कांग्रेसको कुनै एजेण्डा नभएपनि कांग्रेसलाई स्पष्ट बहुमत आउने अवस्था कम्युनिस्ट र मधेशवादी दलहरु एक आपसमा जुधेर नै हुने कारणले गर्दा सक्दो छिटो समयको सदुपयोग गर्नु नै उपयुक्त हुनेछ ।

 

लेखक नवराज न्यौपाने हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया