नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ८७ पुग्यो

विदुर खबर २०७८ जेठ ८ गते १४:२६

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ८७ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५३ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ८७ पुगेको हो ।

आज भेटिएका संक्रमितहरुमा विदुर नगरपालिकाका ३० जना,म्यागङ गाउँपालिकाका १० जना, बेलकोटगढी नगरपालिकाका ४ जना र तारकेश्वर गाउँपालिकाका ३ जना रहेका छन् ।

Advertisement

यस्तै सुर्यगढी गाउँपालिकामा २ जना लिखु, शिवपुरी, तादी र किस्पाङ गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित निको भएर घर फर्किएको कार्यालयले जनाएको छ । यस्तै जिल्लामा कोरोना मुत्त हुनेको संख्या १६ सय ५८ पुगेको छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

हालसम्म नुवाकोटमा १२ हजार ८ सय ७८ जनाको पिसिआर परिक्षण गरिएको स्वाूथ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया