नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

विदुर खबर २०७८ जेठ १ गते १३:४९

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ८२ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार नाघेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ११ पुगेको छ । खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २ सय ३ जनाको पिसिआर परिक्षण ह्ुँदा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यस्तै जिल्लमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ६८ पुगेको छ । यस्तै पछिल्लो पछिल्लो २४ घण्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । ४४ जना कोरोनामुत्त भएसँगै जिल्लाका १३ सय ३८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

नुवाकोटमा हालसम्म ११ हजार ५ सय २९ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया