कांग्रेस नेता रमेश महतको स्वास्थ्य सुधार
विदुर खबर
२०७८ वैशाख ३१ गते २०:३४

नुवाकोट । कोरोना भाइरस संक्रमणले थला परेका नेपाली कांग्रेस महासमिति सदस्य तथा कांग्रेस नुवाकोटका पूर्वसचिव रमेशकुमार महतको स्वास्थ्य सुधार भइरहेको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको करुणा हस्पिटलमा उपचाररत महतको स्वास्थ्यमा राम्रो सुधार भइरहेको अस्पताललाई उद्धृत गर्दै कांग्रेसका युवा नेता उपेन्द्र दाहालले जानकारी दिए ।
पञ्चकन्या गाउँपालिका २ कविलासका नेता महतलाई वैशाख २० गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य समस्या चर्किएपछि उनलाई २६ वैशाखमा अस्पताल भर्ना गरिएको हो ।
महत पूर्वअर्थमन्त्री डा रामशरण महतका भतिजा हुन् ।
सम्बन्धित
प्रतिक्रिया