कांग्रेस नेता रमेश महतको स्वास्थ्य सुधार
विदुर खबर
२०७८ वैशाख ३१ गते २०:३४
नुवाकोट । कोरोना भाइरस संक्रमणले थला परेका नेपाली कांग्रेस महासमिति सदस्य तथा कांग्रेस नुवाकोटका पूर्वसचिव रमेशकुमार महतको स्वास्थ्य सुधार भइरहेको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको करुणा हस्पिटलमा उपचाररत महतको स्वास्थ्यमा राम्रो सुधार भइरहेको अस्पताललाई उद्धृत गर्दै कांग्रेसका युवा नेता उपेन्द्र दाहालले जानकारी दिए ।
पञ्चकन्या गाउँपालिका २ कविलासका नेता महतलाई वैशाख २० गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य समस्या चर्किएपछि उनलाई २६ वैशाखमा अस्पताल भर्ना गरिएको हो ।
महत पूर्वअर्थमन्त्री डा रामशरण महतका भतिजा हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया