कोरोना अपडेट : नुवाकोटमा १६ जना कोरोनामुत्त
विदुर खबर
२०७८ वैशाख ३० गते १८:३८

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १६ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार २ सय ७५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका समान एक÷एक जना रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ८ सय ८२ पुगेको छ ।
यस्तै नुवाकोटमा कोरोनाको सक्रिय संक्रमितको संख्या ६ सय ३ पुगेको छ । नुवाकोटमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । ।
नुवाकोटमा हालसम्म ११ हजार २ सय ४० जनाको पिसिआर परिक्षण गरिएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया