नुवाकोटमा १२ सय ३४ जना कोरोनामुत्त

विदुर खबर २०७८ वैशाख २८ गते २१:४२

नुवाकोट । नुवाकोटका १२ सय ३४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या १२ सय ३४ पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । ८७ जनाको पिसिआर परिक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

Advertisement

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ४८ जना मात्रै विदुर नगरपालिकाका रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय १५ पुगेको छ । नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया