नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित ३ सय ५६ पुग्यो

विदुर खबर २०७८ वैशाख २३ गते १७:३५

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा सक्रिय कोरोना संक्रमितको संख्या पनि बढीरहेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रसमत थपिँदा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५६ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको पिसिआर परिक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २४ जना विदुर नगरपालिकाका, दुई जना लिखु गाउँपालिकाका र बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ५ सय ६४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयको भनाइ रहेको छ । नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहनार २ सय ६ पुगेको छ ।

नुवाकोटमा हालसम्म १० हजार ६ सय २९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट दुइ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया