नुवाकोटमा एकैदिन ९१ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ वैशाख २१ गते १९:३६

नुवाकोट । नुवाकोटमा एकैदिन ९१ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

नुवाकोटको त्रिशुली अस्पतालमा आज गरिएको परिक्षणमा एकैदिन जिल्लाका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पताल प्रशासनले जनाकारी दिएको छ ।

अस्पतालले आज जिल्लाको विभिन्न स्थानमा गरेको परिक्षणमा जिल्लामा अहिलेसम्म कै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । अस्पतालले आज अस्पताल परिषरमा ८० जनाको पिसिखनर परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने तादी गाउँपालिकामा २२ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

Advertisement

यस्तै दुप्चेश्वर गाउँपालिकामा ११ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै आजै अस्पतालले रसुवाका ८ जनाको पिसिआर परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धादिङका ३३ जनाको पिसिआर परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Advertisement

नुवाकोटमा आज भेटिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी हुन् ।

प्रतिक्रिया