बट्टार क्याम्पसको अध्यक्षमा रामशरण प्याकुरेल
नुवाकोट । नुवाकोट ,रसुवा र धादिङ जिल्लाकै पहिलो क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा रामशरण प्याकुरेल नियुत्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यलयबाट च.न. ३१४÷०७७÷०७८ को पत्र अनुसार उनलाई संचालक समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो । उनलाई तीन महिनामा नयाँ अध्यक्ष निर्वाचित गराउने जिम्मा दिइएको छ ।
अन्तरिम कालका लागि क्याम्पसको अध्यक्ष बन्न विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र पूर्व मेयर ठाकुर गजुरेलले समेत प्रयास गरेका थिए । यस्तै क्याम्पसको अध्यक्षका लागि युवाहरूको नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री डा प्रकाशशरण महतले निवतर्मान अध्यक्ष श्रीराम श्रेष्ठलाइ जिम्मेवारी दिन लबिङ गरेका थिए ।
तर त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्याकुरेललाइ क्याम्पसको जिम्मेवारी दिएका छन् । प्याकुरेलका लागि क्याम्स सुधार गर्न अवसर र चुनौति दुबै रहेको छ ।
चैत अन्तिम साता नै प्याकुरेलले जिम्मेवारी पाएको भए पनि बिहीबार नुवाकोटको त्रिशुली प्रवाह साप्तहिक मार्फत प्याकुरेलको जिम्मेवारी पत्र सार्वजनिक भएको हो ।
विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटार घर भएका प्याकुरेल नेकपा एमाले बाग्मती प्रदेश सम्पर्क कमिटिको सचिब समेत रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया