विदुर नगरपालिकाका महिला स्वास्थ्य स्वंसेविका जुटे
नुवाकोट । नुवाकोटको विदुर नपामा रहेको महिला स्वास्थ्य स्वंसेविकाहरु एकजुट भएका छन् । बिदुर नगरपालिका क्षेत्रमा कार्यरत रहेका नगर महिला स्वास्थ्य स्वयम सेबिकाहरुको प्रथम भेला विदुरमा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पण्डितले उद्घाटन गरे । उनले स्वास्थ्य सेवा नागरिकको महत्वपुर्ण अधिकार भएका कारण महिला स्वास्थ्य स्वंसेविकाहरुलाई उचित सेवा वृद्धि गर्न नपा सकारात्मक रहेको वताए ।
विदुर नपाकी उपमेयर गीता दाहालअर्यालले विदुर नगरपालिकाले सबै नागरिकहरुको पँहुच भित्र स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यलाई महिला स्वास्थ्य स्वंमसेविकाहरुले अक्षरंस पालना गर्दै काम गरेको वताइन् । विदुर नगरपालिकाको १३ वटै वडामा रहेका सबै महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई प्राथमिक उपचार बिधि र बाक्सा समेत नगरपालिकाले प्रदान गरेको छ ।
कार्यक्रममा सहभागी स्वास्थ्य स्वयम सेबिकाहरुले ६० बर्ष उमेर सम्म दुःख गर्दा अबकास पछि भने आफुहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन् । ६० बर्ष सम्म स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय कार्य गरेर अबकास हुने समयमा सरकारले दिने २० हजार रुपैयाँ मात्रै पाउने गरेको उनीहरुले गुनासो गरेका छन् ।
सरकारले दिने सो रकममा विदुर नगरपालिकाले केहि थपेर दिनको लागी उनीहरुले अनुरोध गरेका छन् । उनीहरुले समय समयमा तालिम तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नको लागी समेत माग गरेका छन् ।
कार्यक्रममा बिदुर नगरपालिकाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले महिला स्वास्थ्य स्वयमसेबिकाहरुको मागलाई सकारात्मक रुपमा लिएको वताएका छन् । नगरपालिकाको कार्यबिधि र नियममा रहेर उनीहरुको मागलाई सम्बोधन गर्ने तर्फ नगरपालिका क्रियाशील रहेको जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की





प्रतिक्रिया