भारतमा एकैदिन दुई लाखभन्दा बढीमा कोरोना संक्रमण
नुवाकोट । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ७३९ जना संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक हजार ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ४० लाख नाघेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७३ हजार १२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ५८ हजारभन्दा बढी महाराष्ट्रमा छन् । यस्तै उत्तर प्रदेशमा २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने दिल्लीमा १७ हजारभन्दा संक्रमित थपिएका छन् । छत्तीसगढमा पनि १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, गुजरात तथा दिल्लीका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । बिरामीको चाप बढेसँगै केही अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन तथा बेडको अभाव देखिन थालेको छ । सरकारले भने आफ्नो पूर्ण क्षमताअनुसारको अक्सिजन खरिद गरिरहेको र पछिल्ला दिनमा उत्पादन क्षमता पनि बढाइएको दाबी गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया