नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल्ड साइट जेठबाट सञ्चालनमा आउने

विदुर खबर २०७७ चैत २९ गते ८:०२

नुवाकोट । राजधानीको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि नुवाकोटमा निर्माण गरिएको ल्यान्डफिल्ड साइट निर्माणले अन्तिम रूप लिएको छ ।

Advertisement

कोरोना कहरका कारण निर्माणमा आएको सुस्तता अन्त्य भएपछि अहिले निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।सरकारले चासो राखेर हेरेको उक्त ल्यान्डफिल्ड साइट निर्माण तीव्र गतिमा भइरहेको र आउँदो जेठ महिनादेखि बन्चरेडाँडामा निर्माण भएको ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्न सकिने आयोजनाले जनाएको छ ।

राजधानी उपत्यकाका सबै स्थानीय निकायले दीर्घकालीन ल्यान्डफिल्ड साइट नपाउँदा राजधानीमा समेत पटक–पटक फोहोरको डंगुर थुप्रने गरेको थियो । ‘आयोजनाले कामलाई तीव्रता दिएकाले तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।’ –आयोजना प्रमुख मनोज नकर्मीले बताउनुुयो।
आयोजना प्रमुख नकर्मीका अनुसार ल्यान्डफिल साइट निर्माणको काम अन्तर्गत अहिले पोखरीको ढलानको काम अन्तिम चरणतर्फ अघिबढेको छ ।हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा रहेको छ । काठमाडौं महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरूप मन्त्रालयले उक्त जिम्मेवारी पाएको थियो । सोहीअनुरूप उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर विसर्जनस्थल निर्माण भइरहेको आयोजना प्रमुख नकर्मीले जानकारी दिनुभयो ।बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न गत बर्षको वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता भएको थियो ।

Advertisement

निर्णयानुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागको रहेको छ । १३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरुपमा लामो सयसम्म एकै स्थानमा फोहोर बिर्सन गरिएको भन्दै सिसडोलका स्थानीयवासीले पटक–पटक विरोध गर्दै फोहोर व्यवस्थापनको काम अन्यत्र सार्न दबाब दिँदै आएका छन् ।उपत्यकाबाट दैनिक करिब १ हजार मेट्रिकटन फोहोर निस्कने गरेको छ । यसमा सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ ।हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २ सय गाडी फोहोर लगिने गरिएको छ ।

प्रतिक्रिया