पत्रकार महासङ्घ वाग्मती प्रदेश अध्यक्षमा देवकोटा निर्वाचित
नुवाकोट । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको अध्यक्षमा नुवाकोटका शिव देवकोटा निर्वाचित भएका छन् ।
निर्वाचनमा देवकोटाले ५४१, चितवनका हरिप्रसाद पोखरेलले ४२१, मकवानपुरका गिरिजाप्रसाद अधिकारीले २६१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा मकवानपुरका रुपेश दुलाल र महिला उपाध्यक्षतर्फ पनि सोही जिल्लाकी नानीमैया (सम्झना) कार्की निर्वाचित भएका छन् । महासचिवमा मकवानपुरका कृष्णसारु मगर, सचिवमा सिन्धुपाल्चोकका युवराज पुरी, सचिवमा समावेशीतर्फ दोलखाका जीवन लामा र सिन्धुलीका राजन विक तथा कोषाध्यक्षमा रामेछापका रमेश ढुङ्गेल विजयी भएका छन् ।
खुल्ला सदस्यमा जीवन कुँवर, रामहरि गजुरेल, श्यामप्रसाद खतिवडा, सन्तोष भुजेल र सुदिप शिवाकोटी तथा महिला सदस्यतर्फ अन्जु तामाङ, सम्झना हुँमागार्इं, ज्ञानु श्रेष्ठ र दलित सदस्यतर्फ केशव नेपाली निर्वाचित विजयी भएका छन् ।
सदस्यमा आदिवासी जनजातितर्फ काजी श्रेष्ठ र पेमा लामा तथा सदस्य मधेशीतर्फ पवित्रा ढकाल भगत र प्रवीणकुमार दत्त एवं अल्पसङ्ख्यक सदस्यतर्फ निराशी थामी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया