युवा बैज्ञानिक डा. महाबिर पुन त्रिशुली अस्पतालमा

नुवाकोट। राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष एवम् युवा बैज्ञानिक डाक्टर महाबिर पुन मगर नुवाकोट जिल्ला अस्पताल नुवाकोट आइपुगेका छन् ।
त्रिशुली अस्पतालको निमन्त्रणामा पुन लगायत राष्ट्रिय आविष्कार केन्द्रका अन्य २ जना ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो । दिउँसो नुवाकोटमा आइपुगेका उनले विभिन्न परामर्श गर्नुका साथै अस्पतालको खुलेर प्रसंशा गरेका थिए ।
बैज्ञानिक डा. पुनले सामाजिक संजाल फेसबूकमार्फत उनले त्रिशुली अस्पतालको प्रशंसा गरेका छन् । करिव २ घण्टासम्म स्वास्थ तथा आधुनिक प्रविधि सम्बन्धित बिषयमा बृहत् छलफल गरिएको उनले बताएका छन् । उनले अस्पतालमा प्रत्येक दिन ३ सय भन्दाबढी बिरामीहरु जचाउनु आउने गरेको र त्यहाँका बिरामीहरुले समयमै उचित सेवा पाएकोले बिरामीहरुको तीव्र बढ्दो चापलाई व्यवस्थित गर्न, बिरामीहरुको रेकर्ड डिजिटल राख्न र स्वास्थ्य सम्बन्धि अनुसन्धानको लागी राष्ट्रिय आविष्कार केन्द्रसंग अस्पतालले सहकार्य गर्ने बताएका छन् ।
केही हप्ता अघि मात्रै स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रममा त्रिशुली जिल्ला अस्पताल नेपालकै पहिलो अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा १०० अंकमा त्रिशुली अस्पतालले ८८ उच्च अंक ल्याई देशैभरिको अस्पताल मध्येमा पहिलो भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया