बाढीका कारण म्यानमारका हजारौँ विस्थापित
म्यानमार, ११ साउन (रासस÷एएफपी) ः म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।
बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन् ।
अत्यधिक बर्षापछि आएको बाढीले कारेन र मोन प्रदेश तथा बागो क्षेत्र डुवानमा परेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । “हपा अनका झण्डै छ हजार जना विस्थापित भएका छन् भने म्यावाडीबाट झण्डै चार हजार जना विस्थापित भएका छन्,” कारेन प्रदेशका प्रहरी प्रमुख कि लिनले एएफपीलाई बताउनुभयो । थाइल्याण्डसँगको सिमा क्षेत्रमा पर्ने अरु ठाउँहरूमा पनि बाढीको प्रभाव परेको समाचारमा जनाइएको छ ।
म्यानमारको समाजकल्याण मन्त्रालयले झण्डै १६ हजार जना विस्थापित भएको जनाएको छ । करेना प्रदेशको आठ ठाउँका बासिन्दा बढी प्रभावित भएको प्रहरी अधिकारीहरूको भनाई छ । मोन प्रदेश र बागो क्षेत्रका के कति जना प्रभावित भएका छन् भन्ने बारेमा भने अहिले सम्म एकिन नभएको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया