अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन जेठमा

नुवाकोट । नेकपा एमाले सम्वद्द विध्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको १७ औ जिल्ला अधिवेशन २०७८ जेठ २८ र २९ मा हुनेभएको छ।
अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको हिजो नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा बसेको बैठकले भेलाको मिति तय गरेको हो। नेकपा एमालेका युवा नेता राजु तिवारीको प्रमुख आतिथ्यता एवं अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी अध्यक्ष विष्णु हरि रिमाल सत्यको अध्यक्षतामा बसेको बैठकले आगामी २ महिना भित्रमा ५००० सदस्यता वितरण गर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला कमिटी सचिव प्रशान्त जंग पाण्डेले जानकारी दिनुभयो।
विध्यार्थीको हकहित, अधिकार, प्रतिष्ठा प्राप्ति, संरक्षण एवं सम्वर्दनमा दृढताका साथ लाग्न युवा नेता तिवारीले बैठकलाई निर्देशन दिएका थिए। परिवर्तित सन्दर्भमा देश २०७८ मंसिरमा चुनावमा जान सक्ने सम्भावना बढिरहेको हुदा सोको समेत तयारी गर्न संगठनलाई चुस्त दुरुस्त र गतिशिल राख्न बैठकमा सहभागी विध्यार्थी नेताहरूलाई एमाले नेता तिवारीले अनुरोध गर्नुभयो।
अखिल भित्र बढेको गुटबन्दी प्रति संकेत गर्दै नेता तिवारीले, संगठन भित्र मौलाउदै गएको गुटबन्दीलाई आफुले नजिकबाट नियालिरहेकोले आगामी दिनमा वैधानिक प्रक्रियामा लेराउदै त्यस्तो गतिविधिमा संलग्नलाई कार्बाहि गर्ने समेत चेतावनी दिनुभएको छ।
बैठकलाई अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु दाहाल, एमाले युवा नेता बाशुदेव गजुरेल, अनेरास्ववियु केन्द्रीय सदस्य पवन प्याकुरेल अभिषेक तमाङ्ग लगायत नेताले संगठनलाई गतिशिल बनाउन निर्देशन दिएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया