कोलनी क्षेत्रका पसलको अनुमगन,म्याद गुज्रेका खाद्यान्न नष्ट

नुवाकोट । जिल्ला अनुगमन समितिले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोलनी क्षेत्रको खाद्यान्न तथा किराना पसलहरु अनुगमनको गरेको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय नुवाकोट, घरेलु तथा साना उद्योग नुवाकोट, उपभोक्ता हित तथा संरक्षणका अध्यक्ष, बिदुर नगरपालीका प्रतिनिधी, नुवाकोट उद्योग बाणिज्य संघका प्रतिनिधी र पत्रकार लगायत संयुक्त टोलिले कोलनीमा रहेका १३ वटा खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा पसलहरुमा बोर्ड तथा मुल्य सुची नराखेको, बिलको प्रयोग नगरेको, प्यान तथा प्रमाण पत्र नदेखिने ठाउँमा राखेको,पसलको नविकरण नगरेको, सामानहरु छुट्टाछुट्टै भण्डारण नगरिएको, म्याद नाघेका सामानहरु राखेको पाइएको उपभोत्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्र पण्डितले जानकारी दिए ।
साथै म्याद नाघेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको पणिडतले बताए । म्याद गुज्रेका सामान राखेका पसलहरुलाई अव उप्रान्त यस्ता कार्यहरु नगर्ने सर्तमा विना कारवाही छाडिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया