प्रथम छहरे महोत्सवको सबै तयारी पुरा, पूर्बमन्त्री महतले उद्घाटन गर्ने

विदुर खबर २०७७ फागुन १३ गते १७:४८

नुवाकोट । समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनका लागि लिखु गाउँपालिकाको आयोजनामा शुक्रवारबाट प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ सुरु हुने भएको छ ।

Advertisement

आगामी फागुन २२ गतेसम्म लिखु गाउँपालिका वडा नम्वर ६ स्थित छहरेको कुमालठाँटीमा हुने महोत्सव र ब्यापार मेलाको लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पुरा भईसकेको र आज एक कार्यक्रममा बिच पूर्ब परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।

यसैक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले महोत्सव सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । महोत्सवका सन्दर्भमा स्थानीय सरोकारवालाहरुसंग कुरा गर्दे अध्यक्ष श्रेष्ठले महोत्सव लिखु गाउँपालिकाको मात्र नभई समग्र जिल्लाकै ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्वहरुको उजागर गरि तिनिहरुको अधिकतम प्रचारप्रसार मार्फत आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको बताए । अध्यक्ष श्रेष्ठले बहुचर्चित छहरे–टोखा सुरुङ मार्ग निर्माणको प्रारम्भ बिन्दुमा हुने महोत्सवले यस क्षेत्रको महत्व अझ बढाउने बिश्वास लिईएको समेत उल्लेख गरे । महोत्सवको सफल आयोजनासंग समग्र जिल्लाको गौरब र प्रतिष्ठा जोडिएकाले महोत्सवलाई सार्थक बनाउन सबै पक्षको ऐक्यबद्ध प्रयास आवश्यक रहेको अध्यक्ष श्रेष्ठलको भनाई थियो । महोत्सवको ब्यवस्थापक संस्था ज्योती फिल्मस प्रा.लि.का सानु केसीले महोत्सवको सबै तयारीहरु अन्तिम चरणमा पुगेको बताउँदै महोत्सवमा टिकट बिक्रीबाट हुने आम्दानीको १० प्रतिशत रकम जिल्लाको पर्यटन प्रबद्र्धनको लागि खर्च गरिने जानकारी दिएका छन् ।

Advertisement


संस्थाले दिएको जानकारी अनुसार महोत्सवमा ४८ लाख ५० हजार रुपैयाँ आम्दानी र ४७ लाख ९५ हजार खर्च हुने अनुमान गरिएको छ भने स्थानीय संस्कृति तथा कलाहरुको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति, बिद्यालयस्तरीय गीत तथा नृत्य प्रतियोगिता, प्रत्यक्ष लोकदोहोरी प्रतियोगिता र स्थानीय उत्पादनहरुको बिक्री तथा प्रदर्शनी महोत्सवको मुख्य आकर्षणको रुपमा रहने छन् । यसका साथै गीत संगित क्षेत्रमा नयाँ कलाकारहरुको आकर्षण बढाउन महोत्सव अवधिभर आयोजना गरिने नुवाकोट तारा –२०७७ प्रतियोगिता पनि महोत्सवको मुख्य आकर्षणको रुपमा रहने आयोजकहरुको भनाई छ । यसैगरी छहरेबाट गोसाईकुण्डको दर्शनका लागि प्रभु हेलिकोप्टरले आवश्यक प्रवन्ध मिलाएको छ भने महोत्सव स्थल र आसपासको सुरक्षा मजबुतीका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरुसंग आवश्यक समन्वय भईसकेको गाउँपालिकाले जनाएको छ ।

महोत्सव स्थलमा रहने एकसय ५० भन्दा बढी स्टलहरुमा स्थानीय तथा राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको बिक्रीबाट महोत्सव आर्थिक कृयाकलापका दृष्टिले महत्वपूर्ण सावित हुने तथा महोत्सव अवलोकनकर्ताहरुका कारण लिखु क्षेत्रको स्थानीय ब्यापार अभिबृद्धीमा समेत योगदान पुग्ने आयोजकहरुको बिश्वास छ ।

Advertisement

प्रतिक्रिया