छहरे महोत्सवको उद्घाटन डा. प्रकाशशरण महतले गर्ने
विदुर खबर
२०७७ फागुन १३ गते १३:२१

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा भोलिदेखि शुरु हुने प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ को उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले गर्ने भएका छन् ।
‘समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला,संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरे चोकनजिकैको लिख बगरमा फागुन १४ गतेदेखि संचालन हुने महोत्सव फागुन २२ गतेसम्म संचालन हुनेछ । महोत्सवको तयारी पूरा भएको महोत्सवका संयोजक शेरबहादर केसी (सानु) केसीले जानकारी दिए ।
महोत्सवले गर्दा छहरेको लिखु बगर दुलही जसरी सिँगारिएको छ । महोत्सवको पचार–प्रसारलाई तीवता दिइरहेको छ । महोत्सवमा स्टल निर्माण सम्पन्न भएर बकिङसमेत भइसकेको छ । महोत्सवमा एक सय ५० स्टल रहनेछन् ।
महोत्सव झन्डै दुई लाख दर्शकले अवलोकन गर्नेअपेक्षा राखिएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया