बाग्मति प्रदेशस्तरीय फुटवल : नुवाकोट युनाइटेड र धादिङको शानदार जित

विदुर खबर २०७७ फागुन ८ गते १७:५२

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत शनिवार भएको खेलमा घरेलु टोली नुवाकोट युनाइटेड र धादिङले पजत हात पारेका छन् ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा आज सम्पन्न दोस्रो खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले दोलखालाई २—१ गोल अन्तले पराजित गरि समुहको शिर्ष स्थानमा पुगेको छ । नुवाकोट युनाइटेलाई जित दिलाउन पहिलो हाफको १६ औ मिनेटमा विवेक गुरुङ र २९ औ मिनेटमा साहिल नगरकोटीले गोल गरेका थिए ।

दोलखाको लागि खेलको ५५ औ मिनेटमा रोशन श्रेष्ठले सात्वना गोल गरेपनि टिम टोलीलाई जित दिलाउन सकेनन् । त्यसपछि खेलमा कुनैपनि गोल भएन र खेलमा नुवाकोट युनाइटेडले बाजी मा¥यो । जितपछि घरेदु टोली नुवाकोट युनाइटेड ६ अंकका साथ तालिकाको पहिलो स्थानमा उक्लिएको छ भने दोलखा एक अंकका साथ तेस्रो स्थानमा छ ।

Advertisement

यसअघि आजै भएको समुह बि को दोस्रो खेलामा धादिङले सिन्धुलीमाथि ४—० को फराकिलो जित हात पारेको छ । धादिङलाई जित दिलाउन खेलको ४० औ मिनेटमा श्रीकृष्ण भण्डारी, ४७ औ मिनेटमा अभिषेक कुमार, ४९ औ मिनेटमा विपिन कडेल र ७४ औ मिनेटमा चतुरमान तामाङले गोल गरेका थिए ।

त्यसपछि खेलमा कुनैपनि गोल भएन र खेलमा धादिङले फराकिलो जित हात पा¥यो । जितपछि धादिङ ४ अंकसहित समुहको दोस्रो स्थानमा उक्लिएको छ भने सिन्धुली समुहको अन्तिम स्थानमा रहेको छ ।

Advertisement

प्रतियोगिता अन्र्तगत आईतवारको पहिलो खेलमा काभ्रे र मकवानपुर तथा दोस्रो खेलमा चितवन र ललितपुरविच प्रतिष्पर्धा हुने छ ।

प्रतिक्रिया