कुमरीका असहाय बालबालिकालाई खाद्यान्न सामाग्री वितरण

विदुर खबर २०७७ माघ १३ गते १८:५५

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा रहेका असहाय बालबालिकालाई मदानपुर घर भई हाल अध्ययनको शिलशिलामा जापानमा रहेका मनोज अधिकारीले खाद्यान्न सामाग्री तथा लत्ताकपडा उपलव्ध गराएका छन ।

Advertisement

बुवाआमा विहिन अवस्थामा जीवन गुजारिरहेका अस्मिता पुडासैनी, संगिता पुडासैनी र राजु पुडासैनी गरी तीन दिदीभाइलाई घमा नै पुगेर मनोजका बुवा भक्तबाहादुर अधिकारीले खाद्यान्न सामाग्री तथा लत्ताकपडा प्रदान गरेका हुन । उनीहरुलाई चामल, नुन, तेल, सावुनको साथै दिदी बशिनी अस्मिता र संगितालाई ४ जोर कुर्था सुरुवाल र भाइ राजुलाई २ जोर सर्ट पाइन्ट प्रदान गरिएको हो । साथै उनीहरुलाई १ वर्ष सम्मलाई पुग्ने शैक्षिक सामाग्री समेत वितरण गरिएको सहकर्मी रमेश अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार पुडासैनी बालबालिकालाई ३० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको छ ।

Advertisement

प्रतिक्रिया