म्यागङ गाउँपालिकाका एक दर्जन युवाहरु समाजवादी प्रवेश

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाका एक दर्जन युवाहरु जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
उनीहरुलाई सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. भिमलाल तामाङ, केन्द्रिय परिषद सदस्य राजन वम नुवाकोटका जिल्ला अध्यक्ष ईश्वरकुमार राउत, जिल्ला उपाध्यक्ष अजित तामाङ लगायते पार्टी प्रवेश गराएका हुन् ।
जसपा प्रवेश गर्नेहरुमा आशिष तामाङ,सुकराम तामाङ,हरि सेन्चुरी,मेग वहादुर तामाङ रहेका छन् । यस्तै पार्टी प्रवेश गर्ने अन्यमा सोनाम तामाङ,होम वहादुर तामाङ, राम सेन्चुरी र प्रेम लामा रहेका छन् । उनीहरुलाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. भिमलाल तामाङ लगायतले फुलमाला लगाएर स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. भिमलाल तामाङले पछिल्लो समय युवाहरुको जनता समाजवादीप्रति आर्कषण बढेकोले उनीहरुको आशालाई आफुहरुले निराशामा परिणत नगर्ने प्रतिवद्दता व्यक्त गरे ।
पार्टी प्रवेश गरेका युवाहरुले जनता समाजवादीले पछिल्लो समय देशका सबै वर्ग र तप्काका व्यक्तिहलाई समेटेर उनीहरुको भावनालाई बुझेर काम गरिरहेकोले जनता समाजवादी पार्टी प्रवेश गरेको बताएका छन् । यसअघि पनि नुवाकोटमा विभिन्न पार्टी परित्याग युवाहरु जसपा प्रवेश गरेका थिए ।
पछिल्लो समय नुवाकोटमा जसपाले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ ।
प्रतिक्रिया