नुवाकोट र रसुवाको संगम वेत्रावतीमा पिण्डदान गर्नेको भीड

विदुर खबर २०७७ पुष २९ गते १७:५६

नुवाकोट।नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतिमा पुसे औसीको अवसरमा दिवंगत पित्तृको सम्झनामा श्राद गर्नेहरुको वेत्रावतिमा भिड लागेको छ ।

Advertisement

पुसे औँशीक  दिन बर्षमा नियमित श्राद्ध गर्न पर्नेमा विभिन्न कारणले गर्दा श्राद्ध रोकिएकाहरुले आज श्राद्ध गरेमा मोक्ष मिल्ने बताइन्छ । औसीको दिन श्राद्ध गर्न आउनेको घुइचो हुने आशंकामा विदुर नगरपालिकाले व्यवस्थापन पक्षमा ध्यान दिएको विदुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपालले बताए ।

उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

Advertisement

प्रतिक्रिया