तारकेश्वर ५ का वडाध्यक्ष गजुरेलले सामुदायिक वनमा डोजर लगाए

नुवाकोट । अर्कैको घर देखाएर भुकम्पपिडितको नाममा लाखौ रकम किर्ते गरेका तारकेश्वर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष चुडामणी गजुरेलले फेरि विवादमा तानिएका छन् । वडाध्यक्ष गजुरेलले मैमन्दा एण्ड गुम्बाडाँडा सामुदायिक वनमा डोजर लगाएर फुटवल मैदान निर्णाण गर्न लागेसँगै पुन विवादमा तानिएका हुन् ।
वडाध्यक्ष गजुरेलले वन उपभोत्ता समितिलाई जानकारी नै नदिई गुम्बाडाँडा र मैमन्दाडाँडाका सामुदायिक वनमा डोजर लगाएको स्थानियबासीले बताएका छन् । स्थानियवासीहरुले वडाध्यक्ष चुडामणि गजुरेलल आफुहरुले लामो समयदेखि भोगचलन गर्दे आएको सामुदायिक वन फडानी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको उजुरी दिएका छन् ।
वडाध्यक्ष गजुरेलले उपभोत्ता समितिलाई जानकारी नदिई वन फडानी गरेको भन्दै प्रहरी र प्रशासनमा उजुरी दिएको मैमन्दा एण्ड गुम्बाडाँडा सामुदायिक वन उपभोत्ता समितिका सचिव सपना तामाडले जानकारी दिइन् । उनले वडाध्यक्ष गजुरेलले आफुहरुलाई जानकारी नगराई सामुदायिक वनमा डोजर लगाएर खेलमैदान बनाउन लागेको बताइन् ।
यस विषयमा वडाध्यक्ष गजुरेलसँग कुरा गर्दा उनले मैदान निर्माणमा राजनितिक विवाद भएको बताए । उनले राजनितिक विवादले गर्दा स्थानियहरु प्रहरी र प्रशासनमा उजुरी दिन आएको बताए । वडाध्यक्ष गजुरेलले दुई गाउँको एउटै सामुदायिक वन रहेको भन्दै छलफल गरेर नै मैदान निर्माण गर्न लागेको बताए । तर स्थानियवासीहरुले भने वडाध्यक्षको भनाईमा कुनैपनि सत्यता नरहेको बताएका छन् ।
सामुदायिक वन फडानीको विषयमा डिभिजन वन कार्यालयका पदाधिकारीहरु यहि मंसिर १९ गते बुझ्न गएका थिए । सो समयमा वन उपभोत्ता समितिका पदाधिकारी र वडाध्यक्षहरुबिच हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
वन फडानीको विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान शुरु गरेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया