नुवाकोटको शिवपुरी गाउँपालिकामा एमबिबिएस डाक्टरसहितको सेवा शुरु

विदुर खबर २०७७ मंसिर १० गते ७:५१

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको शिवपुरी आधारभुत अस्पतालमा एमबिबिएस डाक्टरसहितको सेवा शुरु भएको छ ।

Advertisement

मंगलवार एक कार्यक्रमको आयोजना गरि अस्पतालमा एमबिबिएस डाक्टरसिहतको सेवा शुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केशीले विदुर खबरलाई जानकारी दिनुभयो । शिवपुरी अस्पतालमा एमबिबिएस डाक्टरसिहतको सेवा शुरु भएपछि गाउँपालिकबासीलाई उपचारको लागि त्रिशुली अथवा काठमाण्डौ जानुपर्ने बाध्उता हटेको उहाँले बताउनुभयो ।

अस्पताललाई छिट्टै १० बेडको बनाउने तयारी रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । उहाँले गाउँमै डाक्टर सेवा शुरु भएसँगै गाउँपालिकाबासीको समय र पैसाको बचत हुने बताए ।

Advertisement

यसअघि गाउँपालिकाको अस्पतालमा डाक्टर नहुँदा सामान्य विरामी पनि उपचारको लागि जिल्ला अस्पताल त्रिशुली वा देशको राजधानी काठमाण्डौ धाउनुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया