नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्रेष्ठद्धारा केन्द्रिय सदस्यमा उम्मेदवारी

विदुर खबर २०७७ कार्तिक १९ गते १३:०२

नुवाकोट । नुवाकोट उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उधोग बाणिज्य महासंघका सदस्य राजन श्रेष्ठले आगामी मंसिरमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि सदस्यमा उम्मेदवारी दिएका छन् ।

Advertisement

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट जिल्ला तथा नगरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन मंसिर ११ र १२ र वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदै छ । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो ।

उनले व्यवसायिको हक हितको लागि आफुले उम्मेदवारी दर्ता गराएको बताएका छन् । विदुर खबरसँग कुरा गर्दै श्रेष्ठले रसुवागढी नाकालाई निरन्तर संचालन गर्न आफुले पहल गर्ने बताए । उनले नुवाकोटमा ठुलाठुला उद्योग संचालनको लागि धेरै संभावना भएपनि सराकारवाला निकायकोे वेवास्ताले जिल्ला छायामा परेकोले आफुले त्यसतर्फ ध्यान दिने बताए ।

Advertisement

श्रेष्ठले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै जिल्लामा रोजगारी सिर्जना र उद्योग व्यवसायको प्रवर्द्धन गर्न आफू नेतृत्वको टिमको जित आवश्यक रहेको बताए ।

प्रतिक्रिया