कृषि फर्ममा आगलागी लाखौँको क्षति
विदुर खबर
२०७५ साउन ३ गते १:२९
दाङ, यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ ।
बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभएको ।
आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको सञ्चालक कमलापुरी बताउनुभयो ।
तुल्सीपुर–८, अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिन उत्पादन गर्दै आएको छ । (रासस)
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया