नुवाकोटमा थप १४ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ कार्तिक १६ गते १५:०४

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाड गाउँपालिका,ककनी गाउँपालिका र लिखु गाउँपालिकाका व्यक्तिमा कोरोना संक्रमण दृखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा किस्पाड गाउँपालिकाका २ महिला र ६ पुरुष, विदुर नगरपालिकाका दुई पुरुष र एक महिला, तारकेश्वर गाउँपालिकाका एक महिला, लिखु र ककनी गाउँपालिकाका एकएक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ सय ६ पुगेको छ । संक्रमितमध्ये ३ सय ७२ पुरुष र एकसय ३४ जना महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएर घर फर्कनेमा विदुर नगरपालिकाका एक पुरुष र दुई महिला तथा ककनी गाउँपालिकाका दुई पुरुष र एक महिला र तारकेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला रहेका छन् ।

Advertisement

यस्तै डिस्चार्ज हुने अन्यमा किस्पाड गाउँपालिकाका एक पुरुष र बेलकोटगढी नगरपालिकाका एक महिला रहेका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एकसय ९८ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका ६ हजार एकसय ४१ जनाको पिसिआर परिक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका २७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Advertisement

प्रतिक्रिया