लुतो फाल्ने परम्परा हराउँदै गएको भन्दै पञ्चकन्यामा सामुहिक रुपमा लुतो फालियो (फोटो फिचरसहित)

विदुर खबर २०७५ साउन २ गते १७:०९

शालिकराम चालिसे,पन्चकन्या, गाउँ घरमा लुतो फाल्ने प्रचलन हराउँदै गएको भन्दै नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ३ देउरालीमा साउन १ गते मंगलबार राती औपचारिक कार्यक्रमको आयोजना गरि सामुहिक लुतो फालिएको छ ।

Advertisement


घरघरमा मात्रै मनाउदै आइएको साउने संक्रान्तिको लुतो फाल्ने परम्परालाई सामुहिक र औपचारिक कार्यक्रम बनाई परम्परा र संकृतिको रक्षाको लागि सामुहिक लुतो फाल्ने कार्यक्रम गरिएको स्थानीय राम थापले विदुर खबरलाई बताए । नुवाकोटमा पछिल्लो समय मौलिक चाडपर्वहरुको अस्तित्व हराउँदै गएको र त्यसतर्फ युवाहरुको आर्कषण बढाउन गाउँलेहरुले सामुहिक रुपमा लुतो फालेको बताएका छन । लुतो फाल्ने परम्परा पछिल्लो समय हराउँदै गएको र परम्पराको रक्षा सामुहिक लुतो फाल्ने कार्यक्रम आयोजना गरिएको सामुहिक लुतो फल्ने कार्यक्रमको व्यवस्थापन र संयोजन गर्नुभएको राम थापाले बताउनुभयो ।

Advertisement

वर्खाभरी हिलो र पानीमा डुबेका कृषहरुलाई यो रातमा विभिन्न औषधि मिसिएको जडीबुटी बालेको आगो तापेर आफुलाई स्वस्थ्य राख्ने प्रयास गरेको केदार थापा बताउछन् । ‘लुतो फाल्नका लागि तयार गरिएको दाउरा र आगोमा पनि विशेष शक्ति हुन्छ, उनी भन्छन्– त्यस बेलामा विभिन्न जडीबुटीहरु बालिएको हुन्छ, जुन छालाका लागि राम्रो हुन्छ ।’

 

Advertisement

परम्परा अनुसार भलायोको अगुल्टोलाई आकासमा टुक्र्याएर लुतो फल्ने दिनका रुपमा मनाइँदैछ । भलायो र कुकुरडाइनो नामको जडिवुटी र वनस्पतिको अगुल्टो बनाई लुतो फाल्ने चलन छ । परम्परालई विश्वास गर्ने हो भने गाउँ छिमेकवाट भूतप्रेत हटाउन पनि यो दिन अगुल्टो टुक्र्याइने गरिएको हो । जानकारहरुकै अनुसार पनि रोपाइँ सकिएर झारपात टिप्न खेतवारीमा पस्दा छाला सम्वन्धी रोग नलागोस् भनेर भलायो टुक्र्याउने चलन छ ।


सोही क्रममा साँझ लुतो, दाद आदि छाला सम्वन्धि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहदै आएको छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छाला सम्वन्धि रोगबाट जोगिन लुतो फाल्ने प्रचलन स्वरुप यो पर्व मनाउन थालिएको हो । प्राचीन प्रचलन अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि औषधि र फलफूलको पुजा गरिन्छ । त्यसको साथमा कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । तर हिजोआज यि सरदमहरु जुटाउन मुस्किल हुने गरेको यहाँका पाका व्यक्ति मिनबहादुर थापा बताउछन् ।


सामुहिक लुतो फाल्ने कार्यक्रममा नेपाल बार एसोसिएन नुवाकोटका अध्यक्ष देवराज कँडेल, नेपाल पत्रकार महासंघका जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल तथा स्थानियबासी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया