नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुग्यो
नुवाकोट । नुवाकोटमा कोराना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको तादी गाउँपालिकाका ९ पुरुष र एक महिला तथा सुर्यगढी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । खनालका अनुसार संक्रमितमध्ये ७ जना होम आइसोलेसनमा र ४ जना अस्पतालको आइसोलेसनमा उपचार गरिरहेका छन् ।
कार्यालयका सुचना अधिकारी खनालका अनुसार नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय २६ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसन वार्डमा २३ जना, आइसोलेसन सेन्टरमा १४ जना र होम आइसोलेसनमा एकसय ८९ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका एक जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनी काठमाण्डौको आइसोलेसन वार्डमा उपचार गरिरहेका थिए । यससँगै नुवाकोटमा कोरोना निको भएर घर जानेको संख्या एकसय ५३ पुगेको छ जसमध्ये एकसय १७ पुरुष र ३६ महिला रहेका छन् ।
हालसम्म नुवाकोटका ५ हजार ८ सय एक जनाको पिसिआर संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया