बि.पि. कोईराला युवा नेतृत्व विकास मञ्च नुवाकोटको जिल्ला कार्यसमिति विस्तार

विदुर खबर २०७७ कार्तिक ५ गते १६:४९

नुवाकोट । बि.पि. कोइराला युबा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति नुवाकोटले पुर्णता पाएको छ ।

Advertisement

बुधवार जिल्ला अध्यक्ष पुर्ण वहादुर तामाङ कार्य समिति विस्तार गरि कार्य समितिलाई पुर्णता दिएका हुन् । मञ्चले संस्थाको विधि र विधान अनुसार काम गर्ने अध्यक्ष तामाङले बताए । त्रिभुवन त्रिशुली बहुमुखी कलेजका स्वबियु उपसचिव समेत रहेका तामाङले कार्य समिति विस्तारसँगै युवाहरुको लागि विकास र नेतृत्व लगायतका मुद्दाहरु लिएर युवाहरुको विकासमा केन्द्रित हुने बताए ।

कार्य समिति विस्तार भएसँगै जिल्लामा अध्यक्षसहित कार्यसमितिमा सदस्यहरुको संख्या ८४ पुगेको छ । केन्द्रिय समितिको निर्देशन अनुरुप नुवाकोटमा कार्यसमिति विस्तार गरिएको मञ्चका अध्यक्ष पुर्ण बहादुर तामाङले जानकारी दिए । मञ्चको उपाध्यक्षमा प्रमोद पौडेल ,सनम बोगटी र समीर ढकाल चयन भएका छन् भने सचिवको जिम्मा रबिन्द्र रिजालले पाएका छन् । यस्तै सहसचिवको जिम्ममा रबि तिमिल्सिना, उमेश थापा र नबराज बख्रेलले पाएका छन् । त्यस्तै मञ्चको कोषाध्यक्षको जिम्मा मन्जिला केशीले पाएकी छिन् । कार्यसमि विस्तार गर्दा भुगोल र योगदानका आधारमा गरिएको अध्यक्ष प्रेम तामाङले बताए ।

Advertisement

यस्तै सदस्यमा दिपेन्द्र तिमिल्सिना, शिशिर गौतम, सकिल मिया , टुमा घले लगायत रहेका छन् । सदस्यहरुको संख्या मात्र ७५ जना रहेको छ ।

१२ वटै स्थानिय तहमा संयोजक तोकियो

Advertisement

यसैविच बुधवार नै वसेको बि.पि. कोइराला युबा नेतृत्व विकास मञ्च नुवाकोटको बैठकले नुवाकोटका १२ वटै स्थानिय तहमा संयोजक समेत तोकेको छ ।

बैठकले बिदुर नगरपालिकाको संयोजकमा कबिन्द्र कारन्जित , बेलकोटगढी संयोजकमा हेमन्त नेपाल , किस्पाङ संयोजकमा डुप दोर्जे तामाङ , ककनी संयोजकमा बुद्धराज तामाङ , तारकेश्वर संयोजकमा बिष्णु तामाङ , म्यागङ संयोजकमा वीर बहादुर तामाङ , दुप्चेश्वर संयोजकमा शैलेश कुँइकेल , सुर्यगढी सम्योजकमा बासुदेब लम्साल , तादी संयोजकमा सागर अधिकारी , पन्चकन्या संयोजकमा ऋषिराम भन्डारी , शिबपुरी संयोजकमा रन्जिता तामाङ र लिखु संयोजकमा केबल ढकाल चयन भएको बि.पि. कोइराला युबा नेतृत्व विकास मञ्च नुवाकोटका अध्यक्ष पुर्ण तामाङले बताए ।

प्रतिक्रिया